जेठ १८, सुर्खेत । नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण अभियानको क्रम निरन्तर चलिरहेको छ । सोही क्रममा सदुर पश्चिम प्रदेश हुँदै सनिबार सुर्खेत पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार संघीयता विपरीत भएको बताउनुभयो ।
भेटघाट कार्यक्रममा नेता पौड्यालले केपी ओली सरकार तानशाह बन्ने तर्फ केन्द्रित रहेको बताउनुभयो । नेता पौड्याले कर्णाली राजमार्गलाई केपी ओली सरकारले सुधारमा चासो नदिएकोे बताउनुभयो । ‘कर्णाली राजमार्गलाई मर्मत गरे के जान्थ्र्याे र,ओली सरकाको ? नेता पौड्याले भन्नुभयो ।’ अहिले नेपालमा पानीजहाजको आवाश्यक्ता छैन ,जनतालाई यस्ता सपना देखाई भ्रममा फाल्नुभन्दा जनता आर्जित सिँचाईको क्षेत्रमा महत्व दिए वेस होला । वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाई जनमतको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
अहिलेको सरकारले संघीयता र संविधान विपरीत रहेर मनपरी गरिरहेको छ , नेता पौड्यालले भन्नुभयो ,जनताका मतको दुई तिहाईको सरकारले दुरुपयोग गरिहरेको छ । ‘चुनावताका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देखाएका सपना विपरीत कार्य सरकारले गर्दै आएको छ , जनतालाई भ्रम फैलाई जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन् ,उहाँले भन्नुभयो ।
नेता पौड्यालले भन्नुभयो, जनतालाई चियाएका सपनाहरु पुरा गर्ने बाटोमा हिड्नु त कहाँ हो कहाँ जनताको आशमुलक कुनै खालका कार्यक्रम गर्न सकिरहेको छैन , अहिलेको सरकारले । आगामी दिनका पनि ओली सरकारले काम गर्ला भन्ने आश नमान्दा हुन्छ , उहाँले भन्नुभयो ‘सबै अधिकार आफैंतर्फ केन्द्रित गरेका छन् । अहिलेको सरकारले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार कति पनि दिएको छैन ,’‘बजेटहरु केन्द्रबाट दिनेगरि केन्द्रिकृत शासन गर्न खोजिएको छ ,संघीयताको कार्यान्वयन कसरी होला । विश्वास गर्न सकिँदैन नेता पौडेलले भन्नुभयो ।