• २०८३ बैशाख ६ गते आइतवार

नायब सुब्बा सबिन सुवेदीलाई घुस रकम सहित अख्तियारले पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौ । आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदीलाई सेवाग्राहीसँग घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा सबिन सुवेदीलाई सेवाग्राहीसँग रू.१५,००० (पन्ध्र हजार) घुसबापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताउनु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस