• २०८२ असार ४ गते बुधवार

दैलेखको गुठीबाट मुक्ती माग्दै सभापतिलाई ज्ञापन पत्र

पढ्न लाग्ने समय : २ मिनेट
  • खवरट्वान्टिफोरनेपाल समाचारदाता

फागुन १७,दैलेख । दैलेखको दुल्लू क्षेत्रमा विद्यमान ठुलो समस्याको रुपमा रहेको गुठी जग्गाको समस्या समाधनका लागि दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारीको नेतृत्वमा बिहीबार दुल्लुदेखि संघिय राजधानी गएको समुहले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननिय पूर्णाकुमारी सुबेदीलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।

दु्ल्लू नगरपालिकाका नगर प्रमुख भण्डारी सहित प्रतिनिधि सभाका सदस्य माननिय राजबहादुर बुढा, कर्णाली प्रदेश सभा सदस्य शुसिल थापा पुर्व माननिय बिनोद कुमार शाह दुल्लू नगरपालिका वडा अध्यक्ष सहितको टोलिले दैलेखमा भएको गुठी जग्गाको अबस्था , समस्या, समाधानका उपायका बारेमा सभापति माननिय पूर्णाकुमारी सुबेदीलाई बताईएको थियो ।

‘दुल्लू नगरपालिकाका प्रमुख भण्डारीले आफ्नो क्षेत्रका जनतालाई गुठी जग्गाको कारण पर्न गएका समस्या, ७५ प्रतिशत भु-भाग गुठीको नाममा रहेको र सो मार्फत राजश्व संकलनमा समेत समस्या रहेको जानकारी गराए । उनले ,” एउटै भुगोलमा रैकर जग्गाको तुलनामा गुठिको तिरो महसुल महङ्गो भएको, बैङ्कीङ धितोका लागि प्रयोगमा नआएको र लालपूर्जामा महन्तको नाम उल्लेख भएका कारण समस्या भएको कुरा पनि उल्लेख गरे ।”

ज्ञापन पत्र प्रस्तुत गरी बुझाईएको थियो । सभापति सुबेदीले दुल्लू क्षेत्रको गुठी जग्गाको बारेमा आफु हाल मात्र प्रष्ट भएको र फरक—फरक जिल्लामा फरक —फरक समस्या भएकाले दैलेख जिल्लाको गुठी समस्या समाधानका लागि कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति मार्फत अघि बढ्ने बताइन् । उनले ”परापुर्वकाल देखि चल्दै आएको पर्व, पुजाआजा , धर्म संस्कृति रक्षा र मन्दिर सञ्चालनका लागि एउटा मन्दिरमा एउटा अक्षय कोष स्थापना गर्ने र सोको प्राप्त ब्याजबाट मन्दिरको संचालन र व्यवस्थापन गर्ने ऐनमा व्यबस्था गर्न आग्रह गर्ने बताईन ।

उक्त, टोलिले भुमी व्यबस्था सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई भेटी गुठी समस्या समाधानका लागि छलफल गरेको थियो । सचिव मैनालीले समस्या समाधनका लागि आफ्नो तर्फबाट सक्दो पहल भएको र मन्त्रीपरिषद्धारा गुठी ऐन पास भैसकेकाले अब कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा माननियहरुले जनताको पक्षमा थप कार्य गर्नुपर्ने बताए । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिले गुठी ऐन पारितका लागि २०७५ साल फागुन २१ गते संसदमा पेश गर्दैछ । कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिका सदस्य माननिय राजबहादुर बुढाले दैलेखको गुठि समस्या समाधानका लागि प्रतिनिधि सभाको संसदमा संशोधन प्रस्ताब दर्ता गर्ने बताए ।

दैलेखमा पञ्चकोशी क्षेत्र धुलेश्वर, नाभिस्थान, श्रीस्थान, चरण पादुका, महादेव गुठी बाहेक पोखरा, दुधेमालिका, रनुखाना, बालेश्वर, वाणनगंगा, मथुरामाई, हनुमान, मालिका, श्रीमष्टा र तियाडि लगाएतका साना गुठी रहेका छन् । सो, गुठीले दैलेख जिल्लाका साबिकका २५ वटा गाविसमा रहेकोमा खेत तर्फ ३६२०३.६९ रोपनी र पाखो तर्फ ५६३१४.०४ रोपनी गरि जम्मा ९२५१७.७३ रोपनी जग्गा गुठी रहेको छ ।

प्रतिक्रिया दिनुहोस