• २०८३ जेष्ठ २४ गते आइतवार

बस र एम्बुलेन्स ठक्करखाँदा ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पु¥याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नंको एम्बुलेन्सले आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस