• २०८३ असार ११ गते बिहिवार

कप्तान बेन्जेमाको गोलमा रियल विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौ । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १-० अन्तरको जित निकालेको हो । बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस