• २०८३ बैशाख ३१ गते बिहिवार

गठबन्धनको सरकारले छिमेक सम्बन्ध विगार्यो :अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाउनुभएको छ । एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको दावी गर्नुभयो ।

कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उहाँले सरकारले छिमेकीसँगको सम्बन्ध विगारेर गल्ती गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सन्तुलित छिमेक सम्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस