मंसिर ११, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरुहुनु पुर्वको अन्तिम बैठकले एमाले केन्द्रिय सदस्य सङ्ख्या ३०१ पुर्याउने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिंदै केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राख्नुभएको प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।
नेकपा एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने भएको छ । जसमा पोलिट्ब्युरो एक तिहाई सदस्यको बनाउने गरि ९९ सदस्यीय रहने निर्णय गरेको छ । यस्तै स्थायी कमिटी ४५ सदस्य रहने छ ।
एमालेको अन्तिम केन्द्रिय कमिटीको बैठकले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष- ७, उपमहासचिव- ३ तोकेको छ ।
यस्तै आयोगहरू २५ सदस्यीयरहने छन । यस्तै बैठकले प्रदेश र जिल्लाको आधार संख्या ७५ पुराउने निर्णय गरेको छ ।