• २०८३ जेष्ठ ९ गते शनिवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्‍दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटालाई आज केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनीविरुद्ध संसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस