• २०८३ असार ३ गते बुधवार

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको आज भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ ।

एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनमा माइन्युट कमिटीका लागि सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य सूर्य थापा, मनोजजङ्ग थापा, विष्णु रिजाल, ठाकुर गैह्रे, गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।

यही मङ्सिर १० गतेदेखि चितवनमा हुने एमालेको दशौँ महाधिवेशनमा निर्वाचित एक हजार ८८९, पदेन २३९ छन् भने महोत्तरी, रौतहट, भुपु सैनिक क्षेत्र, मजदुर विशेषबाट चयन हुन बाँकी ६७ जना आउन बाँकी ६७ का साथै कूल पाँच प्रतिशत मनोनीत १०३ हुनेछन् । यी प्रतिनिधिमा १९५ दलित र पाँच ५७६ महिला प्रतिनिधि हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस