मंसिर ७, दाङ । दाङमा प्रतिबन्धित बाघको छाला ओसारपसार तथा बिक्रीबितरण गर्ने २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, जिल्ला दाङ राजपुर गाउँपालीका वडा नं.६ बस्ने बर्ष ३८ को सुर्य बहादुर चौधरी र तुलसीपुर उप–महानगरपालीका वडा नं.५ रानीजरुवा बस्ने बर्ष ३१ को महेन्द्र खडका पक्राउ परेका छन ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ बाट प्रहरी टोली घोराही उप–महानगरपालीका वडा नं.१६ गरुवा चोकमा खटी गई खटी पश्चिमबाट पुर्व तर्फ आउदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाईकललाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित बन्यजन्तु बाघको छाला बरामद गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नीहरुको साथबाट बाघको टाउको देखी पुच्छर सम्म ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला १ थान, २ थान मोबाइल प्रहरीेले बरामद गरेको छ ।पक्राउ गरी थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।