• २०८३ मङ्सिर ५ गते शुक्रवार

दाङमा ८ सय मिलि ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, दाङ तुलसिपुर उप महानगरपालिका वडा न.५ को २५ वर्षिय धिरज बुढाथोकी र बबई गाउँपालिका वडा न.४ घर भई हाल जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका वडा न.६ बरुवागाउँ डेरा कोठा गरी बस्ने बर्ष २० को प्रख्यात शाह पक्राउ परेका छन ।

प्रहरीका अनुसार, बिक्रि वितरण गरि रहेका छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटी गई तुलसिपुर     उपमहानगरपालिका वडा न।५ बसपार्क स्थितमा फेला पारी उनीहरुको शरिर रितपुर्वक खान तलासी गर्दा लुकाई छिपाई राखेको अबस्थामा जम्मा ८००मिलि ग्राम लागु औषध (ब्राउन सुगर )फेला पारी रित पुर्वक बरामद गरेको जिल्ला प्रहरी कार्यालाय दाङले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस