• २०८३ जेष्ठ ६ गते बुधवार

सम्पर्क समन्वय कमिटीबाट एमालेको केन्द्रिय सदस्यको शशक्त उम्मेद्ववार कल्पना थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ५, काठमाडौं । हाल नेकपा एमालेको दशौं महाधिवेशन नजिकिंदै गर्दा विभिन्न पदमा आकांक्षीहरुको चांङ लाग्नु पनि अस्वभाविक होइन । यस्तै उक्त दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेशका लागि धेरै आकांक्षी भएपछि नेतृत्वलाई समन्वय गर्न संकट पर्ने भएको छ ।

एमालेले पदाधिकारीमा जसरी पनि सर्वसम्मत गराउने र केन्द्रीय सदस्यमा चुनाव गराउने गरी तयारी गरेको नेताहरु बताउँछन् । सर्वसम्मत वा चुनावी प्रकृया जे भएपनि अहिलेको अवस्थामा नेकपा एमालेलाई जसरी पार्टीa संगठन गर्ने अवसर जुटेको छ त्यसरी नै ब्यबस्थापनमा चुनौतीका पहाडहरु पनि नतेर्सिएका होइनन । जसनुरुप एमालेको विशेष प्रभाव रहेको मानिने सम्पर्क समन्वय कमिटीलाई यो पटक एक महिला र एक पुरुष गरी दुईजना दिइएको छ । यस अघि एकमात्र सीट थियो । यो पटक केन्द्रिय सम्पर्कलाई दुई सीट छुट्याएको छ । त्यसमा आकांक्षीको संख्या निकै बढिरहेको छ । एमालेबाट छुट्टिएर गएको नेकपा एसमा निकै कम संख्यामा नेताहरु गएको र माओवादी केन्द्रबाट एमालेमै रहेकाहरुको संख्या पनि बढि भएकाले व्यवस्थापनमा चुनौती देखिएको हो ।

तर पनि त्यस क्षेत्रमा खटिएका नेताहरु आफु शशक्त उम्मेदवार भएको बताउछन । सम्पर्कको क्षेत्रबाट पुरुष तर्फ नरेन्द्र श्रेष्ठ, ईन्द्र भन्डारी , श्याम कुमार बस्नेत लगायत छन भने महिला तर्फको अहिले सम्मको शशक्त उम्मेद्वार कल्पना थापा रहेको बताइन्छ । थापाले यस अघि लामो समय सम्म गण्डकी सम्पर्कको पदाधिकारी रही शशक्त भूमिका निर्बाह गरी सकेको र हाल सम्पर्क समन्वय कमिटी सदस्य रही गण्डकी प्रदेश सम्पर्क कमिटीको इन्चार्ज भई काम गर्नुको साथै आर आर क्यम्पसको पूर्व स्ववियु सहसचिब पनि भएको हुनाले उनी सो क्षेत्रको शशक्त उम्मेद्ववार रहेको नेताहरु बताउछन ।

Sharing

प्रतिक्रिया दिनुहोस