मंसिर ४, भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थायी घर भई काठमाडौंको कलंकीमा बस्दै आएका २२ वर्षीय मिलन तामाङ छन् ।
टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइरसँग ठक्कर खाएर टिपरको पछाडि चक्कामा परेपछि गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा राति २स्०६ मा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना भइ तामाङको मृत्यु भएको हो ।