मंसिर २, काठमाडौं । नेपाल बार एसोसिएसनका वकिल र केही युवाबीच नेपाल बार एसोसिएसनको कार्यालयमा झडप भएको छ। रातो कारमा चढेर आएका केही युवा नेपाल बारको कार्यालयमा छिरेर वकिललाई धम्याएपछि त्यहाँ तनाव भएको थियो ।

उनीहरूले कालो कोट च्यातिदिन्छौँ भन्दै धम्क्याएका थिए । वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हतार हतार हिँडेका थियो ।