मंसिर १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ सय १२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय २ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९८ हजार ९ सय १६ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ जना पुगेको छ ।