कात्तिक ३०, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिएपछि नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मंगलबार बसेको बारको पदाधिकारीसहितको बैठकले प्रधानन्यायाधीशले मागबमोजिम राजीनामा नदिएपछि तेस्रो चरणको आन्दोलन कार्यक्रमको घोषणा गरेको हो।

बैठकले सर्वोच्चमा जबरालाई प्रवेशमा अवरोध गर्ने तथा डेढ घन्टा मुल गेटमा धर्ना दिने कार्यक्रमलाई शुक्रबारसम्म निरन्तर दिएको छ । शुक्रबारसम्म पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभरका १८ उच्च अदालतमा बारको केन्द्रीय प्रतिनिधि पठाएर विरोध सभा गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।
यसैगरी बारले विगतमा जबराले गरेका विवादित फैसलाहरू संकलन, अध्ययन पनि भनिएको छ भने उपत्यकाबाहिर देशका ९० इकाईमा दुई घन्टा कालोपट्टिसहित धर्नाको कार्यक्रम पनि निरन्तर गरिनेछ ।