कात्तिक २९, काठमाडौं । सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पु¥याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय न्याय क्षेत्रमा देखिएको विकृतिको समाचार सङ्कलन गर्ने क्रममा पत्रकारलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध पु¥याउने र दुव्र्यवहार गर्ने गरेको आज महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विगत केही समयदेखि न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्र्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएशनले विगत केही दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । स्वतन्त्र रूपमा समाचार सङ्कलनमा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनाका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको बताइएको छ ।
महासङ्घ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्बाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ । सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासङ्घ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । शक्ति पृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गरेको छ ।
विज्ञप्ति
मिति : २०७८।०७।२९
सर्वोच्च अदालत परिसर र परिसर बाहिर पत्रकारहरूलाई समाचार संकलनमा क्रममा पु¥याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले विगत केही दिनदेखि जारी राखेको शान्तिपूर्ण आन्दोलनको क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट समाचार संकलनमा अवरोध पु¥याउने र दुव्र्यवहार गरिने काम हुँदै आएको छ ।
स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनुका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप हो । महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ ।
साथै, नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति पनि महासंघको ध्यानाकर्षण भएको छ । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । शक्तिपृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रोसन पुरी
महासचिव
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/11/press_1636970956.pdf”]