कात्तिक २९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ ।