• २०८३ जेष्ठ १९ गते मङ्गलवार

निवासबाटै १० इजलास गठन गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश गरेका हुन् ।

केहिबेरअघि उनले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्। बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् ।

उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बार एसोसिएसनको धर्नाका बीच पनि जबराले पेशी तोक्न छोडेका छैनन् ।

असन्तुष्ट अधिक‌ांश न्यायाधीशहरूले बारले बहस बहिष्कार जारी राखेसम्म इजलासमा नबस्ने बताउँदै आएका छन् । अदालत परिसरमा आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

जबरालाई अदालत प्रवेश गर्नबाट रोक्न भन्दै कानून व्यवसायीहरु बिहान १० बजे अघिदेखि नै सर्वोच्चमा जम्मा हुन थालेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस