• २०८३ जेष्ठ ३ गते आइतवार

प्रधानमन्त्रीले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।

विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए । तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए

Sharing

प्रतिक्रिया दिनुहोस