• २०८३ जेष्ठ १ गते शुक्रवार

देशभर ६ हजार ८ सय १४ कोरोना परीक्षण गर्दा ४ सय ४० संक्रमित थपिए 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौं । गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ६ हजार ८ सय १४ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ४ सय ७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ८७ र १ हजार ४ सय ७ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ४ सय ७४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ९६ हजार ७ सय ८० पुगेको छ । त्यसैगरी गत २४ घन्टामा देशभर १६ हजार ५ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस