• २०८३ कार्तिक ६ गते बिहिवार

सैनिक श्रीमती सङ्घको ३८औँ वार्षिकोत्सव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक श्रीमती सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’ लोकार्पण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा भएको सङ्घ स्थापनाको ३८औँ वार्षिकोत्सव समारोहमा महारथी शर्मा र सङ्घकी अध्यक्ष सुनिता शर्माले वार्षिक मुखपत्रको पछिल्लो अङ्क विमोचन गर्नुभएकोे हो ।

सङ्घको वार्षिकोत्सव झण्डोत्तोलनलगायत विविध कार्यक्रम गरी मनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । श्रीमती सङ्घले नेपाली सेनाका बहालवाला तथा भूपू सैनिकका आश्रित परिवाललाई लक्षित गर्दै विभिन्न आयमूलक र सेवामूलक सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस