कात्तिक १७, रुपन्देही, । रुपन्देहीमा सलाई फ्याक्ट्रीमा आगलागी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बुटवल उपमहानगरपालिका-१६ कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको विभिन्न धनमाल जेलर नष्ट भएको हो ।
प्रहरी, स्थानीय बासिन्दा र ४ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।