कात्तिक १७, पर्सा । प्रहरीले अवैध लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट करिब १३ किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने २३ वर्षीय सुमन रुम्बा समेत ३ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा ना.२ ह ४४४४ नम्बरको अटोमा चढ्न गएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।