• २०८३ भाद्र २७ गते शनिवार

पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौँ । वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा पूर्व सभामुख दमननाथ ढुङ्गाना हुनुहन्छ भने संरक्षकमा जनकवि दुर्गालाल श्रेष्ठ हुनुहुन्छ । प्रतिष्ठानको उपाध्याक्षमा डा। चुन्दा बज्राचार्य, महासचिवमा डा। ओम गुरुङ, सचिवमा पासाङ शेर्पा र कोषाध्यक्षमा सुम्निमा तुलाधर रहनुभएको छ ।

काठमाडौँको शङ्खधर उद्यान ९पुरानो रत्नपार्क० भित्र काठमाडौंँ महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै मङ्गलबार उक्त प्रतिष्ठानको घोषणा गरिएको हो ।उक्त घोषणासभालाई सम्बोधन गर्र्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यभन्दा देशको स्वास्थ्यप्रति बढी चिन्ता लिने राष्ट्रिय नेता भएको बताउनुभयो ।काठमाडौँको मौलिकता जगेर्ना गर्न धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको जानकारी पनि उहाँले दिनुुभयो ।

प्रतिष्ठानका अध्यक्ष ढुङ्गानाले देश बनाउने मामिलामा स्व। तुलाधरले राख्नुभएको दृष्टिकोणलाई राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताउँदै भन्नुभयो – “पद्मरत्न काठमाडौँले जन्माएको नेता हुनुहुन्छ, उहाँले आफ्नो राम्रो कामबाट काठमाडौँको छवि नै उठाइदिनुभयो ।”

Sharing

प्रतिक्रिया दिनुहोस