• २०८३ बैशाख १८ गते शुक्रवार

प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ३ वर्षको सम्झौता गरेसँगै उनी शनिबार राति  काठमाडौं आइपुगेका हुन्।  अल्मुताइरीलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए।

अल्मुताइरीले गत कात्तिक १० गते नेपालसँग थप ३ वर्षका लागि सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।  त्यसअघि सुरुमा राजीनामा दिने बताएका उनले पछि सोच्न सकिने बताएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस