• २०८३ भाद्र १३ गते शनिवार

चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, बाँके । कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सागर गेष्टहाउसको कोठा नं २०५ मा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका–७ निवासी रमेश बयक र वसन्त बिसी तथा बाँके राप्तीसोनारी गाउँपालिका–९ निवासी हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो ।

बाँकेमा चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको कारोबारका क्रममा प्रहरी पटक–पटक संलग्नलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस