• २०८३ बैशाख १४ गते सोमवार

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जानुहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो ।

भारत भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस