• २०८३ असार १३ गते शनिवार

थवाङमा एमालेले पहिलो गाउँपालिका अधिवेशन सम्पन्न(नामावली सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ११, रोल्पा । माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थबाङमा एमालेले पहिलो गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ । ‘शक्ति प्रदर्शन’ सहित गरेको पालिका अधिवेशनमा जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमाले नेताहरू थबाङ पुगेका हुन्। नेकपा एमालेकाे थबाङ गाउँपालिकाकाे प्रथम अधिबेशनबाट सर्बसम्मत अध्यक्ष देब बहादुर घर्ति, उपाध्यक्ष सरस्वती नेपाली, सचिब मनाेज बुढा, उपसचिव निर्मल परियार र उपसचिव मुलधन पुन चयन भएका छन । यसैगरि सदस्यहरुमा धन पुन, दात राेका, तारा राेका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्तिमगर, मिलन बि.क., किस्मत घर्तिमगर, सुरेन्द्र घर्तिमगर, गाेरे राेका, मुल बहादुर राेका, दिपक बुढा, पुरुषाेत्तम बुढा, सन्देश बुढा, भुपेन्द्र बुढा, पार्बति राेकाय बुढामगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारि घर्ती, पुर्ण घर्ती, प्रशान्त घर्ती, लाेक बहादुर घर्ती, बाल कुमार राेका, बिस्नु राेका, याेजना राेका, दिल कुमारि राेका, सुन्तुकि घर्ती, क्षेत्र घर्ती खेत्ता घर्ती नकस घर्ती रहेका छन । गाउँपालिका कमिटी ३५ सदस्यीय निर्माण  गरिएको हो ।

एमाले थबाङको प्रथम पालिका अधिवेशनका लागि केन्द्रीय सदस्य तथा रोल्पा ईन्चार्ज नवीन रोकामगर, प्रदेश सदस्य कुमार दशौदी, जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बालाराम बुढा, प्रदेश सदस्य ईश्वरी जिएमलगायत अधिवेशका लागि थबाङ केन्द्रित छन्।

एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले ०७७ फागुन २३ गते अवैधानिक भनेसँगै रोल्पा माओवादी केन्द्रका थुप्रै प्रभावशाली स्थानीय नेताहरुले एमाले नै रोजेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस