• २०८३ बैशाख ९ गते बुधवार

धनगढीमा प्रधानमन्त्रीले भन्नुभयो– ‘एमसीसी पारित हुन्छ’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने दाबी गर्नुभएको छ ।बाढी प्रभावित क्षेत्र अवलोकनका लागि सुदूरपश्चिमा रहनुभएका प्रधानमन्त्रीले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी पारित हुने दाबी गर्नुभयो ।

एडीबीलगायतका दातृ निकायमा अन्तर्राष्ट्रिय कानून लागू भएको उल्लेख गर्दै तर एमसीसीले नेपालको कानून मान्छु भन्दा पनि झुटा प्रचार गरिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले एमसीसीमा संशोधन गर्नुपर्ने विषय नरहेको बताउनुभयो । प्रधानमन्त्रीले शीघ्र निर्वाचन र प्रदेश सरकारका परिवर्तनबारे गठबन्धनले निर्णय गर्ने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले पार्टीको महाधिवेशनबारे निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई रहेकाले आफूले त्यस विषयमा धारणा नराख्ने बताउनुभयो ।

सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी दिनुभयो । उहाँले सरकारले जनतालाई राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस