• २०८३ बैशाख २७ गते आइतवार

प्रधानमन्त्रीद्वारा बाढीपहिराले बैतडीमा पुर्‍याएको क्षतिबारे जानकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, बैतडी । बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गर्नुभएको छ ।प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पु¥याएको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले बाढीपहिराबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताउनुभयो ।ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी चार जनाको ज्यान गएको थियो । यसका साथै यहाँका एक दर्जन बढी घरमा पहिराले क्षति पु¥याएपछि उनीहरु विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहनुभएको छ ।प्रधानमन्त्री देउवा बैतडीपछि डडेल्धुरा जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
–––

Sharing

प्रतिक्रिया दिनुहोस