असोज २४, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।
नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।