• २०८३ जेष्ठ २१ गते बिहिवार

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौं ।  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र  चीन सीमा विवादमुक्त भएको बताएकी छन्।

दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।​

‘आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु’, उनले मंगलबार ट्विटरमा लेखेकी छन्।

Sharing

प्रतिक्रिया दिनुहोस