• २०८३ जेष्ठ १८ गते सोमवार

नेकपा माओवादीले पाउने ४ मन्त्रालय टुंगियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ। नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

 

सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको टुंगो लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय पनि परेको छ ।

देउवा र प्रचण्डबीच सोमबार मोटामोटी टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस