• २०८३ बैशाख १८ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, रुपन्देही । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका(६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका(६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस