असोज १७, बाँके । लेनदेन मुद्दाका फरार प्रतिवादी जानकी गाउँपालिका(१ बस्ने ३७ वर्षीय तिलक राम अहिरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७६ जेठ १५ गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।