• २०८३ बैशाख २७ गते आइतवार

सुनसरी उद्योग बाणिज्य संघको सदस्यमा मान बहादुर वि.क को उम्मेद्वारी

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, सुनसरी । सुनसरी उद्योग बाणिज्य संघको यही ०७६ जेठ २७ गते हुने निर्वाचनको लागी वाणिज्य तर्फको सदस्य पदमा सुनसरीका व्यवसायी मान बहादुर वि क ले आफनो उम्मेद्वारी दिएका छन ।

क्र.सं ५ बाणिज्य तर्फका सदस्य पदकका उम्मेद्वार मान बहादुर वि.क विगत २५ वर्ष देखि निरन्तर व्यवसाय गर्दै आएका छन् । वि.क बराह विजनेश ग्रुपमा आवद्ध रहेका छन् भने विभिन्न सामाजिक संघ संस्थामा समेत रहि समाजिक कार्यमा अग्रसर छन् । सुनसरी उद्योग बाणिज्य संघको कार्यकारी सदस्य समेत रहेका वि.क ले निर्वाचनमा आफुलाइ भोट दिएर सदस्य पदमा बिजयी गराउन सम्पुर्णमा अपिल गरेका छन् ।

निर्वाचनको लागी दुइवाट अध्यक्षको उम्मेद्वारी दर्ता गरिएको छ । जसमा नेकपा निकटबाट व्यवसायी गिरिधारी सापकोटा र काग्रेस निकटबाट व्यवसाय विजय श्रेष्ठले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन् । सुनसरी उद्योग बाणिज्य संघमा आवद्ध रहेका व्यवसायीहरुले मात्र निर्वाचनमा भाग लिन पाउने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस