• २०८३ बैशाख १९ गते शनिवार

झापामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ स्थित शिव चोकमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र- १-०१-०१२प७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी-११ निवासी ५५ वर्षीय रामचन्द्र कटेललाई सामान्य चोट लागेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए।

यता, इलाका प्रहरी कार्यालय झिलझिलेले चालक भण्डारी र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस