• २०८३ मङ्सिर ४ गते बिहिवार

पाइलट आङ्गेलु शेर्पा ‘ग्राउण्डेड’ :बुद्ध एयर प्रकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असोज १४, काठमाडौँ । प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो ।

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमानुसार ग्राउन्डेड गरिएको हो । जहाज उडानको समयमा कुनै समस्या आएमा क्यानले पाइलटमाथि पनि छानविन गर्ने भएकाले केही समय उनको लाइसेन्स प्रयोग नभएको हो ।क्यानका अनुसार छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् । तर प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उडान अनुमति दिइसकेको थियो । सो विमान अहिले पनि पूर्ववतरुपमा यात्रु ओसारिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस