• २०८३ बैशाख २७ गते आइतवार

‘मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकारले प्राथमिकता दिन्छौ”,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १०, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ लोकतन्त्रलाई दीगो र स्थायित्व दिनुपर्ने भएकोले मानव अधिकार रक्षकहरुको सवालमा मानव अधिकार रक्षक मैत्री राज्य निर्माण गर्न लुम्बिनी सरकारको पहिलो प्रामिकता भएको बताउनुभयो । यस्तो कुरा इन्सेक लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा बुटवलमा बताउनुभएको हो ।

Open Photo

उहाँले मानव अधि कारको विषय अन्तराष्ट्रिय रुपमा नै महत्पूर्ण विषय भएकोले बताउँदै संघीय सरकारले मानव अधिकार रक्षकहरुको विधेयक जारी लुम्बिनी प्रदेशबाट सहयोग गर्ने प्रतिविद्धता व्यक्तगर्नुभयो ।  मानव अधिकारको क्षेत्रमा संघीय सरकारले नै विधेयक निर्माण गर्ने भएकाले त्यसका भूमिका खेल्न अपिल समेत गर्नुभयो । उहाँले मानव अधिकारकै कुरा निरन्तर बोलि रहने सँस्था तथा निकायका लागि मानव अधिकार रक्षक मैत्री कानून बन्न आवश्यक रहेको बताउँदै सबै त्यस तर्फ लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री केसीले सरोकारवालाहरुले रचनात्मक सहयोग र सहकार्य गरी केन्द्रीय सरोकारवालका निकायले संघीय सदनसँग छलफल गर्न आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशलाई मावन अधिकारको पत्याभूति गराउनको लागि निरन्तर लागेको बताउनुभयो ।

यस्तै कार्यक्रममा मुख्य मन्त्री कार्यालयका मुख्य न्यायधिबक्ता कृष्ण सुवेदीले मानव अधिकार रक्षकहरुको भूमिका विगतका विभिन्न आन्दोलनमादेखि वर्तमानसम्म पनि महत्पूर्ण भएको बताउँदै मानव अधिकार रक्षकहरुको रक्षा एवं प्रवद्र्धनका लागि कानून तथा विधेयक निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले मानव अधिकार रक्षकहरुको लागि कानून निर्माण गरी राज्यले सम्वोधन गर्नुपर्ने बताउँदै राज्यले नै संम्वोधन गर्नुपर्ने बताउनुभयो । यसलाई सहजीकरणका लागि मुख्य न्यायधिबक्ताको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, मानव अधिकारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकाय एवं पत्रकारहरुको सहभागीता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस