• २०८३ जेष्ठ ८ गते शुक्रवार

कपनबाट हराएका बालकको शव ललितपुरमा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् ।

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस