• २०८३ बैशाख २८ गते सोमवार

अरिङ्गालको टोकाइबाट दैलेखमा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, दैलेख । अरिङ्गालको टोकाइबाट ठाँटिकाँधमा गाउँपालिका–५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको छ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार बिहीबार स्थानीय विद्यालयमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए। उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका क्रममा शुक्रवार राति मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ।

शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन नेपाल किसान संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेका जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस