• २०८३ बैशाख ३१ गते बिहिवार

मेलम्चीको बाढी पहिरोले ज्यान, सम्पत्ति सबै लग्यो, बाँचेकाको जीवन पनि चुलेसीको धारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं ।  मेलम्ची खोलामा बाढ़ी आएको ३ महिना पूरा भएको छ । तर सरकारले गर्ने भनेको काम पनि नहुँदा त्यहाँका जनताले सास्ती भोगिरहेका छन् ।

मेलम्ची खोलाले बगाएको पुल नबन्दा आवजावतमा समेत समस्या भइरहेको जनताको गुनासो । चनौटेमा बाढीले पुल बगाएको सुरकाले चनौटेमा बेलिब्रिज हाल्ने घोषणा गरेको गरेको थियो । सरकारले पुल बनाउने घोषणा गरेको करीब दुई महिना पुग्न लागेको छ । हाल सम्म पनि कामको सुर सारको कुनै अतोपतो देखिदैन । बेलिब्रिज नहाल्दा जनताकाे जाेखिम यात्रा गर्न बाध्य छन् ।

टुईटर प्रयोगकर्ता दिप कुमार खड्का सरकारप्रति उदासिन हुदै लेख्नुहुन्छ ‘होईन यो काम गर्ने कुरोमा कस्तो अलिकता पनि संवेदनशीलता भन्ने चीज नभएको ? जनता माने त्यै ‘भोटको भेड़ो’ त होला नि है ? यो जोखिमको यात्रामा दोषी कोस जनता या राज्य ?

Sharing

प्रतिक्रिया दिनुहोस