• २०८३ बैशाख ९ गते बुधवार

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको हरियो केराउ बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, कपिलवस्तु । प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको हरियो केराउ बरामद गरेको छ । प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार बरामद गरेको हो ।

कृष्णनगर नगरपालिका(२ गल्लामण्डी र सोही नगरपालिका(१ स्थित कृष्णनगर चन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी ईलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो । बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस