• २०८३ बैशाख ५ गते शनिवार

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट मानिसहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असोज ७, काठमाडौं । काठमाडौं महानगरपालिका९९ शम्भु मार्गबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका९९ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका९५ घर भएका ३० वर्षीय पंकज शिवाकोटीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही महानरगपालिका९९ शम्भु मार्गमा रहेको होटेल ओम प्लाजामा लागूऔषध खैरो हेरोइन बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो ।

यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका(१० छातापिपराबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित रौतहट देवाही गोनाही नगरपालिका)७ बस्ने २२ वर्षीय बिक्रम यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । साईकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

साथै कपिलवस्तु, वाणगंगा नगरपालिका९१ जितपुरचोकस्थित हरि पाण्डेको पाण्डे स्वीट कर्नरबाट करिब १२ ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा शिवसतासी नगरपालिका९११ बस्ने ४० वर्षीय सलिम थापा मगर र मोरङ कर्तिपुर गाउँपालिका९३ बस्ने १९ वर्षीय बिनोद लामा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापा मगरको साथबाट करिब ४ ग्राम ५९ मिलिग्राम र लामाको साथबाट करिब ८ ग्राम ३४ मिलिग्राम उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

साथै पर्सा, वीरगंज महानगरपालिका९१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको विनपिरेक्स सिरफ १ सय २० बोतल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया घर भई हाल चितवन भरतपुर महानगरपालिका९२२ बस्ने २२ वर्षीय राजेश थारु र चितवन भरतपुर महानगरपालिका९७ बस्ने ३२ वर्षीय सुरेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुले बोकेको दुईवटा मिठाइको डब्बाभित्र लुकाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका९१६ शंकराचार्य गेटस्थित सडकबाट ३ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरतपालिका९२ बस्ने २३ वर्षीय सुरज पासवान र कन्चनपुर भिमदत्त नगरपालिका९१६ बस्ने २१ वर्षीय लक्ष्मण बिष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले मोरङ, बिराटनगर महानगरपालिका९१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका९१३ का २३ वर्षीय सुशिल श्रेष्ठलाई बुधबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस