• २०८३ बैशाख १७ गते बिहिवार

बागलुङमा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

रासस पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, बलेवा । बागलुङको जैमिनी नगरपालिका-७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् ।

उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले बताए । रासस

Sharing

प्रतिक्रिया दिनुहोस