• २०८३ साउन ३१ गते आइतवार

नेपालद्वारा ओमान ७ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ । सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग(२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ ‍औं ओभरमा लक्ष्य भेटेको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरे । मल्लले ४६ बल खेल्दै २ छक्का र ४ चौका प्रहार गरेर ५२ रन बनाए ।

टस जितेर फिल्डिङ रोजेको नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट थियो । यस्तै शरद भेषवाकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस