• २०८३ असोज २१ गते बुधवार

ओमानविरुद्ध कप्तान मल्लको अर्धशतक पूरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृखलामा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य पछएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका हुन् ।

४४ बल खेलेका मल्ले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मल्लसँगै आसिफ शेखले ४० रन बनाए । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटियो ।

Sharing

प्रतिक्रिया दिनुहोस