• २०८३ बैशाख १६ गते बुधवार

एमालेबाट चोइटिएको माधव नेपालको पार्टी आफैँ समाप्त हुन्छ : ईश्वर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएको माधव नेपाल नेतृत्वको पार्टी आफै समाप्त हुने दाबी गरेका छन्।नेपाल निजामती कर्मचारी संगठनकाे कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीबाट विभाजन भएर गएको माधव नेपालको पार्टी आफै सकिन्छ।

तपाईंहरूले यसअघिको पुरानो नजिरलाई देख्नुभएकै छ। चोइटिएर जानेहरू आफै बिलाएर जानेछन्। विभाजन भएर जानेकाे भविष्य टिक्दैन। समाप्त भएर जान्छ।’ ​एमालेविरुद्ध बनेको सत्तारुढ गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने उनले दाबी गरे।

महासचिव पोखरेलले भने, ‘गठनबन्धनकारीहरूले संविधान र नियमलाई उलंघन गरेर राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतालाई समेत अवरोध गर्न थालेको छ। गठबन्धनविरुद्ध नेकपा एमालेले गोलबद्ध भएर विरोध गर्नुपर्छ।’ उनले लोकतन्त्र, संविधान र जनताको पक्षमा काम गर्ने एमाले आगामी निर्वाचनपछि पहिलो पार्टी बन्ने दाबी गरे।

Sharing

प्रतिक्रिया दिनुहोस