• २०८३ बैशाख ३१ गते बिहिवार

जलमग्न सडक अबरुद्ध खुलाउन ट्राफिक प्रहरी कोटेश्वरका इन्चार्ज प्रहरी निरीक्षक देवकोटा आफै सक्रिय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं । कही दीन अगी परेको पानीले काठमाडौंको केही सडक खण्डमा पानी जम्मा भई ट्राफिक आवागमन अबरुद्ध भएपछि ट्राफिक प्रहरीको प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण देवकोटाको सक्रियतामा यातायात आवागमन सहज भएको छ । राजधानी जस्तो व्यस्त शहरकोसडक पानी भरिएर यातायात अबरुद्ध हुनु आफैंमा लाजमर्दो विषय भएको उक्त क्षेत्रमा यात्रा गरिरहेका यात्रुहरु गुनासो गरिरहेका थिए ।

वर्षाले गर्दा काठमाडौंको तिनकुने, अनामनगर, लगायतका क्षेत्रका सडक र भित्री गल्ली जलमग्न भएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरीक्षक देवकोटाको नेतृत्वमा सडक खण्डको ढल निकास गरि ट्राफिक आवागमन सुचारु गरेको हो । ट्राफिक प्रहरीले फसेका दर्जन बढि सवारीसाधनको समेत उद्वार गरेको थियो।

ट्राफिक प्रहरीले ढल निकास गर्नेबेलासम्म न सडक विभाग देखियो न त महानगरपालिका देखियो ? सामान्यत या अरु कारणले सडक अबरुद्ध भएपछि अबरोध हटाएर सडक सुचारु गर्नुपर्ने काम सडक विभाग तथा स्थानीय सरकारको हो। तर, अबरुद्ध सडक खुलाउन यसरी नै ट्राफिक प्रहरीले श्रमदान गरिरहेका हुन्छन् । क्षणभरमै ताल बनेको सडक खुलाउन ट्राफिकहरु पानीमा पनी काम गरिरहदा सडक विभाग र स्थानीय सरकार भने बेखबर रहे ।

Sharing

प्रतिक्रिया दिनुहोस